स्थानीय तह परिणाम : एमाले र माओवादीको जोड्दा बल्ल कांग्रेसको जति
काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लैले तीन सय स्थानीय तहको नेतृत्व जितेको छ । देशभरका प्रमुख र अध्यक्ष गरी कांग्रेसले तीन सय पालिकाको नेतृत्व जितेको हो ।
तर दोस्रो स्थानमा रहेको एमाले र माओवादीले पनि तीन सय नै जितेका छन् । एमालेले १८५ र माओवादीले ११५ गरी ठ्याक्कै तीन सय पालिकाको नेतृत्व जितेका हुन् । जुन कांग्रेसको बराबर हो ।
यी तीन दलबाहेक अन्यले २६, जनता समाजवादी पार्टीले २२, नेकपा एकीकृत समाजवादीले १५ र लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिकाको नेतृत्व जितेको हो ।
२०७४ सालको निर्वाचनमा एमालेले २९४, कांग्रेसले २६६ र माओवादीले १०६ तह जितेका थिए । यसपटक कांग्रेसले पहिले जितेकोभन्दा ३४ पालिका थप जितेको छ । अझै गणनामा २४ ठाउँमा अगाडि पनि छ ।
तर एमालेले पहिलेकोभन्दा ११० तह कम जितेको छ । १७ ठाउँमा अग्रता छ । यी अग्रता लिएको मध्ये १५ मात्रै जित्यो भने पनि एमालेले बल्ल २०० पालिका पुर्याउनेछ । जुन अघिल्लाेपटककाे भन्दा एकसय हाराहारले नै कम हाे ।
माओवादीले पहिले १०६ तह जितेकोमा यसपटक १० तह बढी जितेको छ । अझै ८ तहमा अग्रता बनाइरहेको छ । यस्तोमा पहिलेको भन्दा माओवादीको पनि १५ तह बढी जित हुने देखिएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया