NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

ठूला दल र नेता जसले हारे

काठमाडौं । यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले राम्रो उपस्थिति देखाएका छन् । तर एमालेलगायत दल भने खुम्चिएका छन् । केही नेता आफ्नै क्षेत्रमा कमजोर देखिएका छन् ।

०७४ को निर्वाचनबाट एमाले फराकिलो अन्तरसहित पहिलो पार्टी बनेको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसभन्दा एमालेको २८ सिट बढी अर्थात् २९४ पालिकामा वर्चस्व थियो । तर यो निर्वाचनबाट एमाले फराकिलो अन्तरकै दोस्रो पार्टी बन्न पुगेको छ ।

शुक्रबारसम्म १८५ पालिका प्रमुख र २१० उपप्रमुखमा जित निकालेको छ भने १७ पालिकाको प्रमुखमा अग्रता लिइरहेको छ । अहिलेसम्मकामे नतिजामै कांग्रेसभन्दा एमालेको ११८ सिट कम छ । गणना भइरहेका पालिकाहरूमा पनि कांग्रेसकै अग्रता बढी छ । यो निर्वाचनको नतिजाले आगामी प्रादेशिक र संघीय चुनावमा समेत एमालेमाथि अत्यन्त ठूलो चुनौती थपेको छ ।

२९ फागुन ०७७ मा सरकारसँग सहमति गर्दै मूलधारको राजनीतिमा आएको विप्लव–प्रकाण्डको दल नेपाल कम्युनिस्ट पार्टीले पनि यो निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्यो । निर्वाचनमा सहभागी हुने–नहुने मुद्दाकै कारण गत २३ वेशाखमा पार्टी नै विभाजन भयो । विभाजनकै मूल्यमा चुनावमा होमिएको विप्लव–प्रकाण्ड समूहले जनाधार र मताधार दुवै गुमायो । आफ्नो आधार इलाका भनेको रोल्पामा समेत जित निकाल्न सकेन, वडाध्यक्षमा समेत हार व्यहोर्नुपर्यो ।

देशव्यापी अपिल भएका भनिएका युवा नेता गगन थापाले आफ्नै निर्वाचन क्षेत्रको कुनै पनि स्थानीय तहमा पार्टीलाई जिताउन सकेनन् । उनको निर्वाचन क्षेत्र काठमाडौं ४ मा पर्ने बूढानीलकण्ठ नगरपालिका एमालेले जितेको छ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ, जसमा गठबन्धनको अर्थात् कांग्रेको मेयरकी उम्मेदवार सिर्जना सिंह तेस्रो नम्बरमा छिन् । गगनकै गृहजिल्लामा बालेन साहको उदय अब दलीय रानजनीतिका तेस्रो प्स्ताको आकर्षण सकिएको प्रमाण पनि हो ।

मधेसमा कांग्रेस र जसपापछि तेस्रो शक्ति रहेको लोकतान्त्रिक समाजवादी फोरम पनि यो निर्वाचनमा चित खाएको छ । ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ पालिकामा जित निकालेको थियो । तर यो निर्वाचनमा एमाले, माओवादी र एकीकृत समाजवादीभन्दा पनि पछाडि परेको छ । शुक्रबार रातिसम्म लोसपाले १० पालिकाको प्रमुख र ९ उपप्रमुख जितेको छ भने पालिकाको प्रमुखमा अग्रता लिइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष