चुनावले गर्दा फूलमाला बिक्री बढ्यो
काठमाडौं । पाल्पा रामपुर नगरपालिका-४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गरेका छन् । एक हप्तामा उनले एक लाख बराबरको सयपत्री फूल बिक्री गरे । अहिले उनको बगैंचामा पहेंलपुर सयपत्री फूल फूलेका छन् ।
वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गरेका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताए ।
उनी भन्छन्, ‘निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूलमालाको माग आइरहेको छ ।’
यसभन्दा अघि पनि फूलखेती थापा अहिले नसोचेको व्यापार हुँदा दङ्ग छन् । निर्वाचनलाई मात्रै केन्द्रित गरेको हुँदा उनले यस पटक एक रोपनीमा खेती गरेका हुन् ।
अहिलेसम्म एक लाखको व्यापार गरेका थापाको बगैंचामा अझै सो मूल्य बराबरको फूल रहेको छ । पाल्पा, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट फूलमाला खरिद गर्न ग्राहक आएको उनले बताए ।
प्रतिकिलो ५०० र प्रतिमाला १५० मा धमाधम बिक्री भइरहेको छ । अघिल्ला वर्षको निर्वाचनमा खादाको प्रयोग गरेका यहाँका नागरिक अहिले मालाको प्रयोगमा आकर्षित बनेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया