कांग्रेसले टिकट नदिएपछि २३ वर्षीय युवाले स्वतन्त्रबाट हराए गठबन्धनका उम्मेदवार
काठमाडौं । कांग्रेस-माओवादी सत्ता गठबन्धनलाई हराउँदै २३ वर्षीय नविनकुमार तामाङ निर्वाचित भएका छन् ।
उदयपुरको कटारी नगरपालिका–८ को अध्यक्षमा निर्वाचित भएका तामाङले गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार बनेका कमलबहादुर श्रेष्ठलाई हराउँदै विजय हासिल गरेका हुन् ।
शनिबार सार्वजनिक मतपरिणामअनुसार तामाङले १२ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । तामाङले ५ सय ५३ र श्रेष्ठले ५ सय ४१ मत ल्याएका छन् । उनले स्थानीय तहमा गठबन्धन गर्न नहुने भन्दै यसको व्यापक विरोध गरिरहेका थिए ।
नेपाली कांग्रेसले टिकट नदिएपछि तामाङ स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा सक्रिय भएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया