व्यास नगरपालिकामा अघि लागे कांग्रेसका न्यौपाने, पछि पछि जोशी
दमौली । तनहुँको व्यास नगरपालिकाकाे मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपालेले अग्रता लिएका छन् ।
अहिलेसम्म १९ हजार ८ सय २७ मतगणना हुँदा न्यौपानेले सात हजार ९ सय ८६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सात हजार ९ सय मत ल्याएका छन् ।
दुई प्रतिस्पर्धिबीच ८६ मतान्तर रहेको छ । सुरुवाती मतगणनामा जोशीले अग्रता लिएका थिए । व्यासका १४ वडामध्ये १ देखि ८ सम्मको मत गणना सकिएको छ । अन्य वडाको गणना बाँकी छ ।
कांग्रेस नेता गाेविन्दराज जाेशीका छाेरा दीपक एमालेकाे समर्थनमा कैंची चिन्ह लिएर मेयर पदकाे उम्मेदवार भएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया