तेस्रोबाट दोस्रोमा चढेपछि मतान्तर बढाउँदै सिर्जना, कसले कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख मतगणना सकिंदा स्वतन्त्रका बालेन शाहले अग्रता कायम छ । उनले अहिलेसम्म ३८३३३ मत कटाएका छन् । तर प्रतिस्पर्धी हुने आकलन गरिएका कांग्रेस र एमालेका उम्मेदवार धेरै पछाडि छन् ।
एमाले मेयरका उम्मेदवार केशव स्थापित दोस्रोबाट तेस्रोमा झरेपछि मतमा पनि पछाडि पर्दै गएका छन् । सिर्जनाले २१२९९ मत ल्याउँदा स्थापित २९१ मतले पछाडि परेका छन् । स्थापितको २१००८ मत आएको छ ।
आधा मतगणना पनि सकिंदा बालेनलाई रोक्न नसकेपछि अब काठमाडौंमा कमब्याक गर्न सिंह र स्थापित दुवैलाई कठिन बन्दै गएको देखिएको छ । किनकी स्वतन्त्रका बालेनले १७ हजारको अग्रता बनाइसकेका छन् ।
अब आधाजति मतमा बालेनलाई जित्ने गरी मत ल्याउन एकलौटीजस्तो मत प्राप्त गर्नुपर्नेछ । तर मतगणनाको लयले यस्तो हुने सम्भावना कम देखाउने देखिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया