NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

तेस्रोबाट दोस्रोमा चढेपछि मतान्तर बढाउँदै सिर्जना, कसले कति ल्याए ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख मतगणना सकिंदा स्वतन्त्रका बालेन शाहले अग्रता कायम छ । उनले अहिलेसम्म ३८३३३ मत कटाएका छन् । तर प्रतिस्पर्धी हुने आकलन गरिएका कांग्रेस र एमालेका उम्मेदवार धेरै पछाडि छन् ।

एमाले मेयरका उम्मेदवार केशव स्थापित दोस्रोबाट तेस्रोमा झरेपछि मतमा पनि पछाडि पर्दै गएका छन् । सिर्जनाले २१२९९ मत ल्याउँदा स्थापित २९१ मतले पछाडि परेका छन् । स्थापितको २१००८ मत आएको छ ।

आधा मतगणना पनि सकिंदा बालेनलाई रोक्न नसकेपछि अब काठमाडौंमा कमब्याक गर्न सिंह र स्थापित दुवैलाई कठिन बन्दै गएको देखिएको छ । किनकी स्वतन्त्रका बालेनले १७ हजारको अग्रता बनाइसकेका छन् ।

अब आधाजति मतमा बालेनलाई जित्ने गरी मत ल्याउन एकलौटीजस्तो मत प्राप्त गर्नुपर्नेछ । तर मतगणनाको लयले यस्तो हुने सम्भावना कम देखाउने देखिएको छ ।