तिलोत्तमामा रोमाञ्चक प्रतिस्पर्धा, कांग्रेसका खाँणको साँघुरो अग्रता
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेका उम्मेदवारबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । मेयरका उम्मेदवारमा कांग्रेसका रामकृष्ण खाँण र एमालेका मोहन चापागाईंबीच रोचक प्रतिस्पर्धा चलिरहेको हो ।
आज बिहानसम्मको मतगणनामा कांग्रेसका खाँणले साँघुरो अग्रता लिएका छन् । खाँणले १० हजार ५ ६२ मत ल्याउँदा एमालेका चापागाईं ६३ मतले पछि परेका छन् । उनले १० हजार ४९९ मत ल्याएका छन् । अघिल्लोपटक एमालेले जितेको तिलोत्तमा यसपटक दुई नेताबीच निरन्तर तीव्र प्रतिस्पर्धा हुँदै आएको छ ।
कांग्रेस उम्मेदवार खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइसमेत हुन् ।
उपमेयरमा भने एमालेकी जागेश्वरीदेवी चौधरीले भारी अग्रता लिइरहेकी छिन् । माओवादी उम्मेदवार हेमलाल पाण्डेभन्दा उनी ५ हजार १८९ मत ले अगाडि छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया