सात सय एक पालिकाको निर्वाचन परिणाम आयो

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार नगरपालिकातर्फ २५२ र गाउँपालिकातर्फ ४५० को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ ।
मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रलगायत रहेका छन् । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया