काठमाडौंमा १४ वटा वडाको नतिजा सार्वजनिक, एमाले र कांग्रेस ७/७ वडामा विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन् ।
होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित भएका छन् ।
महिला सदस्यतर्फ कांग्रेसका रुपा थापाले जित हासिल गरेकी छन् भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय भएकी छन् ।
हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ ।
काठमाडौंका १,२,३,४,५,३१ र ३२ मा एमाले विजयी भएको छ भने ६,७,८,२७, २८, २९ र ३० वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया