भरतपुरमा रेनुलाई ९ हजारको अग्रता, विजय पराजयको बाटोमा
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले झण्डै ९ हजार मतको अग्रता लिएकी छिन् । जारी मतगणनामा दाहालले ९ हजारको अग्रता बनाएकी हुन् । उनले ३९ हजार ४७२ मत ल्याएकी छिन् ।
एमालेका विजय सुवेदीको मत ३० हजार ६९० आएको छ । भरतपुरमा एक लाख मतगणना गरिएको छ । १ लाख २७ हजार मत खसेकोमा अब २८ हजार हाराहारी मत गन्न मात्रै बाँकी छ ।
भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार एक सय १५ मत ल्याएका छन् । माओवादीकी रेनुसँग असहमत भएको मत एमालेका उम्मेदवारलाई जान रोकिएपछि अन्ततः उनकै उम्मेदवारी रेनुको लागि फाइदाजनक र भन्दा एमालेको लागि घाँडो देखिएको हो ।
किनकी पौडेलको बागी उम्मेदवारी नपरेको भए स्वतन्त्रको भुइँकटहरमा खस्ने असन्तुष्ट धेरै मत एमालेका सुवेदीलाई जान सक्ने थियो । तर पौडेलले दाहाललाई टक्कर दिने गरी मत ल्याउन नसकेको तर एमालेमा जान सक्ने भोट रोकिदिए । अन्ततः यसले माओवादीलाई सहज हुने देखिएको हो ।
अर्कोतिर वडाध्यक्षमा एमालेले भोट पाए पनि मेयरमा भने रेनुले उल्लेख्य मत पाएकी छिन् । एमालेको प्रभाव रहेको वडामासमेत रेनुले एमालेकाे भन्दा धेरै भोट पाए पछि एमालेले नै अब भरतपुरमा जित्न नसकिने हिसाब निकालेको बुझिएको छ ।
यस्तोमा अब रेनु विस्तारै जिततर्फ अग्रसर हुन थालेको र विजय पराजयतिर लम्केकाे विभिन्न संचारमाध्यमले दाबी गर्न थालेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया