सुन्दरहरैचामा एमाले विजयी

मोरङ । जिल्लाको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरेका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नवराज चापागाँई ११ हजार ३०० मत प्राप्त गरे ।
सो गाउँपालिकाको दश वडा मध्ये नेपाली कांग्रेसका छ नेकपा (एमाले)का तीन , एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको छ ।मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया