NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भीमदत्त र पुर्नवासमा कांग्रेस निर्वाचित

कञ्चनपुर । भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित र्भका छन् । उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले) का उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरे ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए । त्यसैगरी उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरेका छन् । १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ ।

पुर्नवासमा कांग्रेस विजयी

त्यसैगरी कञ्चनपुरको पुर्नवास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६०० र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन् । अघिल्लो पटक पुर्नवासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित भएका थिए ।