NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

हर्क साम्पाङलाई सबैले सघाउनुपर्छ : विश्वप्रकाश

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले धनगढी, धरानसहितमा आएको स्वतन्त्रको जितको सन्देशलाई मुख्य दलहरूले आत्मसात गर्नुपर्ने बताएका छन् ।

बुलेटबाट उदाएकालाईसमेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट आएकालाई सहज रुपमा आत्मसात गर्नुपर्ने बताएका हुन् । सामाजिक संजालमा लेख्दै शर्माले एक्लै हिँडेका छन् भन्दै प्रश्न नगरी जनताको हितमा काम गर्न सबैले सघाउनुपर्ने बताएका हुन् ।

‘हर्क साम्पाङहरुलाई बधाई ! ‘बुलेट’ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसात गर्नुपर्छ’ शर्माले भनेका छन्, ‘धरान,धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरुलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ । एक्लै जितेका छन्, कसरी काम गर्लान् ? यस्तो प्रश्न नगरी जनताको हितमा काम गर्न सबैले सघाउनु पर्छ ।’

धरानमा एमाले र कांग्रेसको प्रभावको अन्त्य गर्दै स्वतन्त्रका हर्कराज साम्पाङ मेयरमा निर्वाचित भएपछि उनको चौतर्फी चर्चा छ ।