NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

साम्पाङले खाए सपथ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर (प्रमुख) हर्क साम्पाङले सोमबार शपथ ग्रहण गरेका छन् । उनले सदरमुकाम इनरुवा गएर सपथ लिएका हुन् ।

नवनिवार्चित प्रमुख साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए ।

उनले दौरा–सुरुवाल, ढाकोटी र स्टकोट लगाएर सपथ लिएका छन् । कोट भने लगाएका थिएनन् । स्थानीयता झल्काउन स्टकोटमात्र लगाएर सपथ लिइएको बताइएको छ ।

गठबन्धनको तर्फबाट उठेका कांग्रेसका किशोर राई र मञ्जु भण्डारी सुवेदीलाई भारी मतले पछि पार्दै प्रमुखमा साम्पाङ विजयी भएका हुन् ।

यसलाई अप्रत्यासित नतिजाको रुपमा हेरिएको छ ।

स्वतन्त्र साम्पाङले कांग्रेसका राईलाई भारी मतले जिते, कति छ मतान्तर ? – NepalWatch