चुनावअघि हर्क साम्पाङले गरेका थिए यस्तो भावुक प्रतिबद्धता

काठमाडौं । गठबन्धनको तर्फबाट उठेका कांग्रेसका उम्मेदवार किशोर राईलाई झण्डै पाँच हजारले पछि पार्दै धरान उपमहानगरको मेयर भएका हर्क साम्पाङ अहिले चर्चामा छन् ।
स्वतन्त्र साम्पाङले कांग्रेसका राईलाई भारी मतले जिते, कति छ मतान्तर ? – NepalWatch
तर, उनले यति सजिलै धराने जनताको मत जितेका होइनन् भन्ने कुरा पुष्टि भइरहेको छ । यसैबीच, उनले चुनावअघि गरेको प्रतिबद्धता सार्वजनिक भएको छ । त्यो निकै भावुक छ ।
साम्पाङले एकपटक आफूलाई धरानको मेयरमा अवसर दिन आग्रह गर्दै साम्पाङले काम गर्न नसकेको एक हप्तामै धरान छोड्ने र कहिल्यै नफर्कने भावनात्मक प्रतिबद्धता व्यक्त गरेको पाइएको छ ।
साथै, उनले आफूले तलबबाहेक एक रुपैयाँ पनि तलमाथि नगर्ने स्पष्ट पारेका थिए ।
साम्पाङले खाए सपथ – NepalWatch
यस्तो छ प्रतिबद्धता :
“नेपाल भरिको पत्रकार आउनुस्, धरानको आधी जनता आओस्, भानु चोकमा कागज गर्छु, कतलब–भत्ता लिन्न भन्दिन लिन्छु, तर त्योबाहेक एक रुपियाँ तलमाथी गरेछु भने बरको फेदमा बाँधेर मलाई जुत्तै जुत्ताले हान्नु, त्यसको भोलिपल्ट राजीनामा गर्छु, एक हप्तामा धरान छोडछु र जिन्दगीमा कहिल्यै आउँदिन ।’’
एमाले–कांग्रेसको वर्चश्व तोड्दै हर्क साम्पाङले धरानलाई यसरी दिलाए लौरोको सहारा ! – NepalWatch
प्रतिक्रिया