NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आरजुको क्षेत्रमा स्वतन्त्रबाट मेयर जितेका हमाल भन्छन्, ‘मलाई उद्घाटनमा नबोलाउनुहोस्’

काठमाडौं । कांग्रेसको गढ मानिने धनगढी उपमहानगरपालिकामा सोही पार्टीका उम्मेदवारलाई भारी अन्तरले हराएर चर्चामा आएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आमजनतालाई विशेष अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उनले जनताको जिम्मेवारी पूरा गर्न आफू आजैदेखि लागेको बताउँदै अत्यावश्यक कामबाहेक अन्यत्र आफूलाई नबोलाउन आग्रह गरेका छन् ।

हमालले उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मानजस्ता कार्यक्रममा आफूलाई नअल्झाइ जनताको काम गर्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।

हमालले गठबन्धनको तर्फबाट उठेका कांग्रेसका उम्मेदवार नृपबहादुर ओडलाई झण्डै १२ हजारको भारी अन्तरले हराएका थिए । धनगढी कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको चुनावी क्षेत्र हो ।

स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनलाई हराउँदै धनगढीको मेयर बनेका हमाल को हुन् ? – NepalWatch