NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन विजयी

भरतपुर । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् । १३ हजार ६ सय ८९ मत गणना बाँकी हुँदा नै उनी विजयी भएका हुन् ।

त्यहाँ खसेको १ लाख २७ हजार ५६६ मतमा १ लाख १३ हजार ८७७ मत गणना सक्किँदा उनले ४७ हजार २२८ मत पाएका छन् ।

उनको निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमाला गुरुङसँग १९ हजार ५१४ को मतान्तर छ ।