११ हजार भोट गन्न बाँकी हुँदै भरतपुरमा रेनुको जित पक्का

काठमाडौं । २०७४ सालमा २०३ को झिनो मतान्तरले भरतपुरको मेयरमा विजयी भएकी माओवादीकी रेनु दाहाल फेरि पनि मेयरमा निर्वाचित हुने पक्का भएको छ ।
भरतपुरमा अब गन्न बाँकी सबै मत एमालेका विजय सुवेदीले ल्याए पनि रेनु जित्ने पक्का भएको हो । रेनुले विजयविरुद्ध ११४५७ मतको अग्रता लिएकी छिन ।
जबकी गन्न बाँकी मत अब ११ हजार १ सय ७० मात्रै छ । भरतपुरमा १ लाख १६ हजार ६ सय ६६ मतगणना भइसकेको छ ।
रेनुले ४७ हजार मत कटाएकी छिन् । प्रतिस्पर्धी एमालेका विजय सुवेदीले साढे ३५ हजार मत ल्याएका छन् ।
कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार हाराहारी मत ल्याएका छन् । अन्ततः कांग्रेसबाटै बागी उम्मेदवारी परेपछि नै रेनुलाई सहजै जित्न यसपटक सम्भव भएको छ ।
पौडेलको उम्मेदवारी नपरेको भए रेनुसँगको असन्तुष्ट हुने मत एमालेमा जाने थियो । तर असन्तुष्ट भोट पौडेलको भुइँकटहरमा खसे पछि एमालेले फराकिलो अन्तरले हार बेहोरेको हो ।
ताजा अपडेट
-
सुदूर पश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
प्रतिक्रिया