११ हजार भोट गन्न बाँकी हुँदै भरतपुरमा रेनुको जित पक्का
काठमाडौं । २०७४ सालमा २०३ को झिनो मतान्तरले भरतपुरको मेयरमा विजयी भएकी माओवादीकी रेनु दाहाल फेरि पनि मेयरमा निर्वाचित हुने पक्का भएको छ ।
भरतपुरमा अब गन्न बाँकी सबै मत एमालेका विजय सुवेदीले ल्याए पनि रेनु जित्ने पक्का भएको हो । रेनुले विजयविरुद्ध ११४५७ मतको अग्रता लिएकी छिन ।
जबकी गन्न बाँकी मत अब ११ हजार १ सय ७० मात्रै छ । भरतपुरमा १ लाख १६ हजार ६ सय ६६ मतगणना भइसकेको छ ।
रेनुले ४७ हजार मत कटाएकी छिन् । प्रतिस्पर्धी एमालेका विजय सुवेदीले साढे ३५ हजार मत ल्याएका छन् ।
कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार हाराहारी मत ल्याएका छन् । अन्ततः कांग्रेसबाटै बागी उम्मेदवारी परेपछि नै रेनुलाई सहजै जित्न यसपटक सम्भव भएको छ ।
पौडेलको उम्मेदवारी नपरेको भए रेनुसँगको असन्तुष्ट हुने मत एमालेमा जाने थियो । तर असन्तुष्ट भोट पौडेलको भुइँकटहरमा खसे पछि एमालेले फराकिलो अन्तरले हार बेहोरेको हो ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया