मेचीनगरमा एमाले विजयी
काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का गोपालचन्द्र बुढाथोकी विजयी भएका छन् । बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे ।
नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।
जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । ती मध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने छ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया