माओवादीलाई भोट हालेको भन्दै छिमेकीमाथि कुटपिट

सल्यान । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै छिमेकीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा माओवादीलाई भोट हालेको भन्दै दार्मा गाउँपालिका-२ सिलिङ्गी निवासी तिलक ओलीलाई स्थानीय २५ वर्षीय चोपलाल ओली र २१ वर्षीय सुन्दर रोकायले कुटपिट गरेका थिए ।
ती दुवैलाई घरबाट पक्राउ गरिएको हो भने अन्य दुई निश्चल ओली र चिनबहादुर रोकाय फरार रहेको सल्यान प्रहरीले जनाएको छ ।
प्रतिक्रिया