ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । अन्तिम परिणाम आउनुअघि नै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई पछि पार्दै उनी विजयी भएक हुन् ।
महर्जनले यसअघि ०७४ मा भएको निर्वाचनमा पनि व्यञ्जनकारलाई नै हराएर मेयरमा विजयी भएका थिए ।

यस्तै, उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार विजयी भएकी छिन् । एमालेकी मञ्जली शाक्यको विजयी भए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।
मतगणना अन्तिम चरणमा पुग्दा दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजारभन्दा बढी मतको अग्रता लिएर विजय सुनिश्चित गरेका हुन् ।
यसैबीच, गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार महर्जनलाई निकतम् प्रतिद्धन्द्धी व्यञ्जनकारले घोषणा हुनुअघि नै बधाई दिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया