माओवादीले गर्यो चुनावको समीक्षा : मधेसमा बाहेक पार्टी सफल
काठमाडौं । स्थानीय तह निर्वाचनमा तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले निर्वाचिन जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने निर्णय गरेको छ ।
निर्वाचन परिणामबारे समीक्षा गर्न प्रचण्ड निवास खुमलटारमा बुधबार बसेको पूर्वस्थायी कमिटी बैठकले वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेतसहितको प्रशिक्षण टोली बनाएको छ ।
बैठकले जेठ २० गते केन्द्रीय कमिटीको भर्चुअल बैठक बोलाएको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । यसैगरी स्थानीय तह निर्वाचनमा तुलनात्मक रूपमा पार्टी सफल भए पनि मधेस प्रदेशलगायत केही स्थानमा पराजय हुनुको कारणबारे समीक्षा हुने बैठकले निष्कर्ष निकालेको छ ।
‘विगतको भन्दा तुलनात्मक रूपमा पार्टीले केही सुधार गरे पनि मधेसमा पार्टीको पराजयबारे समीक्षा गर्नुपछर्,’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै नेता पोखरेलले भने ।
त्यस्तै बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सफल बनाउनेबारे छलफल भएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया