त्रियुगामा कांग्रेस र समाजवादीबीच कडा टक्कर
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयर र उपमेयरको मतगणनामा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ कांग्रेसले लिड गरे पनि अन्य दलले निकै नजिकबाट पछ्याइरहेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, ९ हजार ५४० मत गणना सम्पन्न हुँदा कांग्रेसका वसन्त बस्नेतले ३०९० भोट प्राप्त गरेका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीको ३०११ र एमालेका भागवत राउतको २१२६ छ ।
उपमेयरमा कांग्रेसकी सरिता राईको अग्रता छ । उनले २ हजार ८०९ मतका साथ अग्रता लिइरहँदा माओवादी केन्द्रकी गीता खड्का कार्कीले २४५७ र एमालेकी महेश्वरी राईले २३६८ मत हासिल गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया