काठमाडौं महानगरकाे मतगणना बिहीबार साँझसम्म सकिने
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ ।
बत्तीस वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले बिहीबार साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।
त्यसैगरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डंगोलको जीत हुने देखिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया