काठमाडौं महानगरपालिकाको मेयरमा बालेन, उपमेयरमा सुनिता विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (वालेन) र उपमेयरमा एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
साह कांग्रेसकी सिर्जना सिंह र डंगोल एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई फराकिलो अन्तरमा हराउँदै विजयी भएका हुन् ।
सुरुवातदेखि नै प्रतिस्पर्धीभन्दा निकै अगाडि लागेका साहले जित दर्ता गराउँदा ६१ हजार ७६७ मत हासिल गरे ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ३८ हजार ३४१ मतमा रोकिइन् ।
एमालेकी केशव स्थापित तेस्रो स्थानमा सीमित भए । उनले ३८ हजार ११७ मत ल्याए ।
उपमेयरमा विजयी एमालेकी डंगोलले ६८ हजार ६१२ मत हासिल गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया