बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन्– रचनात्मक साथ सधैं रहनेछ
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रहेकी सिर्जना सिंहले बालेन्द्र साह (वालेन) लाई बधाई दिएकी छन् ।
काठमाडौंको अन्तिम परिणाम सार्वजनिक भएको केही घण्टापछि उनले बालेनलाई बधाई दिएकी हुन् ।
उनले लोकतान्त्रिक अभ्यासको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको उल्लेख गर्दै निर्वाचित मेयर साहलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।
सिंहले मत जित्न नसके पनि नगरवासीको मन जितेको भन्दै मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् ।
‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेँ,’ उनले भनिन् ।
काठमाडौं महानगरपालिकाको दुई सातापछि सकिएको अन्तिम मतगणनामा बालेन साह ६१ हजार ७६७ मतका साथ विजयी भएका छन् । दोस्रो भएकी सिंहले ३८३४१ मत हासिल गरिन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया