यी हुन् काठमाडौंको मेयरमा उठेर १० मत पनि नकटाउने १६ जना
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले भारी मतान्तरले विजय प्राप्त गरे ।
उनले ६१७६७ मत प्राप्त गरे । निकटम प्रतिद्धन्द्धी सिर्जना सिंहभन्दा बालेन २३४२६ मतले अघि रहे ।
स्वतन्त्र उम्मेदवार बालेनले भारी मत ल्याइरहँदा १६ जना स्वतन्त्र उम्मेदवारले भने १० मतसमेत कटाएनन् ।
काठमाडौं महानगरको मेयरमा उठेका ५५ उम्मेदवारमध्ये एक जनाले त एक मत पनि ल्याएनन् ।
भालु चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार रोशन शाहीले एक मतसमेत नपाएका हुन् ।
यस्तै, भुइँकटहर चिन्ह लिएर उठेका राजन कार्कीले एक मतमात्र प्राप्त गरे ।
यसैगरी, दुई मतमात्र ल्याउने उम्मेदवार तीनजना छन् । प्रेसर कुकर चिन्ह लिएर उठेका प्रणेशबहादुर महर्जन, भ्यागुतो चिन्हका मनीष श्रेष्ठ र जोडी गम्बुट चिन्हका रजितमान शाक्यले दुई मतमात्र पाएका छन् ।
त्यस्तै, चारजना उम्मेदवारले तीन मत पाएका छन् । सेफ्टी पिन चिन्ह लिएर चुनाव लडेका किरण रञ्जित, बिरालोका जेठा महर्जन, कंगारूका विपीनराज वैद्य र कप प्लेटका स्विट थापाले तीन मतमात्र ल्याएका हुन् ।
त्यसैगरी, चार मत पाउने दुईजना छन् । ब्याडमिन्टन कक चिन्ह भएका उमेशकुमार सिंह र फ्रक लिएका शैलेशमान श्रेष्ठले चार मत पाएका छन् ।
यस्तै, चुलेसी चिन्हका इन्द्रमणि काफ्लेले ६ तथा लाल्टिनका ज्ञानु लामाले सात मत पाएका छन् ।
यसैगरी, बँदेल चुनाव चिन्ह पाएका सुनिल श्रेष्ठले आठ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गुलाबको फूल चिन्ह लिएर उठेकी कान्ति तुलाधर बज्राचार्य र कागबाट चुनाव लडेका सुरेन्द्र बज्राचार्यले १० मत पाएका छन् ।
यी काठमाडौंको मेयर उम्मेदवार जसले एक भोट पनि ल्याएनन् – NepalWatch
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया