NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भुकम्पपछिको पुर्ननिर्माणको बाँकी काम सम्पन्न गर्न ९ अर्ब विनियोजन

काठमाडाैं । सरकारले भुकम्पपछिको पुर्निनिर्माणको बाँकी काम सम्पन्न गर्न ९ अर्ब रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणको क्रममा सो रकम विनियोजन गरेका हुन् ।

सरकारले आगमी बजेटमा उपत्यकाका पूराना वस्ती व्यवस्थित गर्न हाउस पुलिङको नीति लिएको छ । त्यस्तै  मध्यपहाडी लोगमार्गमा पर्ने १० सहरका लागि ५० अर्ब विनियोजन गरेको छ ।

सरकारले  ३ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी र राष्ट्रिय राजधानीमा जोडिने जनाएको छ । बजेटमार्फत सहरी विकास मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड विनियोजन गरेको छ । त्यसैगरी काठमाडौंको टुकुचादेखि बुढानिलकण्ठसम्मको नदी सरसफाई गरिने पनि अर्थमन्त्री शर्माले बजेट भाषाणममा उल्लेख गरे ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष