कर्मचारीको तलव बढ्यो
काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरेको छ । सबै तहका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि भएको छ ।
कर्मचारीहरुले पाउँदै आएको भत्ता यथावत हुनेछ भने सरकारले तलव वृद्धि आयोगको पनि गठन गर्ने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट भाषण गर्दै कर्मचारीको तलव वृद्धि भएको घोषणा गरेका हुन् ।
निजामती सेवा ऐनमा हरेक दुई वर्षमा तलव पुनरावलोकन हुनुपर्ने व्यवस्था उल्लेख गरिएपनि तीन वर्षपछि कर्मचारीको तलव वृद्धि भएको हो ।
अघिल्लो अर्थिक वर्षमा पनि तलव बढ्ने विषय हल्लामा मात्रै सिमित भएको थियो । सो आ।वमा सरकारले कोरोना महामारीले अर्थतन्त्रलाई पारेको प्रभावको कारण देखाउँदै तलववृद्धि गर्नबाट पन्छिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया