बजेटमाथिको सैद्धान्तिक छलफल आजदेखि
काठमाडौं । सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९/८० को अनुमानित आय/व्यय विवरण (बजेट) माथि आजदेखि सैद्धान्तिक छलफल हुने भएको छ ।
अर्थ मन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेका थिए । जसमाथि छलफल गर्न सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको समय तोकेका छन् ।
अहिले बिहान ११ बजेका लागि तय बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । जसबारे राजनीतिक दल र निजी क्षेत्रबाट मिश्रित प्रतिक्रिया जनाएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया