NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बजेटमाथिको सैद्धान्तिक छलफल आजदेखि

काठमाडौं । सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९/८० को अनुमानित आय/व्यय विवरण (बजेट) माथि आजदेखि सैद्धान्तिक छलफल हुने भएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेका थिए । जसमाथि छलफल गर्न सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको समय तोकेका छन् ।

अहिले बिहान ११ बजेका लागि तय बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । जसबारे राजनीतिक दल र निजी क्षेत्रबाट मिश्रित प्रतिक्रिया जनाएका छन् ।