बजेटबारे धेरै ठूलो प्रतिरक्षा गर्नुपर्ने छैन : रिजाल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बजेट बारे धेरै ठूलो प्रतिरक्षा गर्नुपर्ने नभएको बताएका छन् । प्रतिनिधिसभामा बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै रिजालले विपक्षी नेतालाई गत वर्षकाे बजेट स्मरण गरेरमात्रै बजेटबारे बाेल्न भनेका हुन् ।
‘कमसेकम यो बजेट संसदभित्र आएको छ । अघिल्लो वर्ष संसदलाई छलेर बजेट ल्याउने साथीहरु धेरै आक्रामक हुन जरुरी छैन । बजेटका बारे धेरै ठूलो प्रतिरक्षा गर्नुपर्ने पनि छैन’, उनले भने ।
साथै रिजालले बजेटले सही प्राथमिकतामा आधारित कार्यक्रमहरु ल्याएको बताए ।
अहिलेको अवस्थामा ल्याउन मिल्नेजस्तो बजेट आएको भन्दै उनले बजेटको मूल दिशा ठिक भएको बताएका छन् ।
उनले एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भूमिका फेरिनेबित्तिकै देशको अर्थतन्त्रका विषयमा आकाश र जमिनको फरक हुने गरी कुरा नगर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया