निर्वाचित भएको एक हप्तामै पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्षको भागाभाग

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । निर्वाचित भएको हप्तादिनमै वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठविरुद्ध ठगी तथा फौजदारी आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।
वडाध्यक्षा श्रेष्ठविरुद्ध सरकारी जग्गा बैना गरी कीर्ते गरेको आरोप लागेको छ । यसै आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
उक्त मुद्दामा केशवप्रसाद अधिकारी र ईश्वर गाइँजुलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर वडाध्यक्ष श्रेष्ठसहित चार जना भने फरारको सूचीमा छन् ।
प्रहरीले फरार रहेको भनिएका श्रेष्ठ नियमित कार्यालय आइरहेको उनीनिकटहरूको भनाइ छ । तर, सेवाग्रहीहरूले भने उनलाई भेट्न नसकिरहेको बुझिएको छ ।
श्रेष्ठ गत स्थानीय तह निर्वाचनमा चाँगुनारायण नपा ७ नम्बर वडाको अध्यक्षमा राप्रपाबाट निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया