भुसालमाथिको कारबाही सिफारिसप्रति योगेश भट्टराई असन्तुष्ट
काठमाडौं । नेता घनश्याम भुसालले पार्टी अनुशासन उल्लंघन गरेको ठहरसहित कारबाही गर्न एमाले अनुशासन आयोगले गरेको सिफारिसप्रति सोही पार्टीका नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् ।
कुनै पनि आवेग, उत्तेजना र आग्रहमा गरिने क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने भन्दै उनले संवादबाट समाधान खोज्न सुझाव दिएका छन् ।
‘आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरि पनि वादे वादे जायते तत्व बोध ।’
भट्टराईले एमाले पार्टीको नाम नलिई अप्ठ्यारो परेका बेला सम्हालिनुपर्ने सुझाव पनि दिएका छन् ।
स्थानीय तह निर्वाचन परिणामलाई लिएर नेता घनश्याम भुसालले एक टेलिभिजन अन्तर्वार्ताका दौरान अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीपछि केशव बडाल नेतृत्वको एमाले अनुशासन आयोगले उनीमाथि कारबाही गर्न सिफारिस गरेको थियो । जसबारे विभिन्नखाले टिका–टिप्पणी भइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया