इन्डक्सन चुल्हो बाँड्ने सरकारको घोषणा देखाउने कोरा योजनामात्र हो : महेश बस्नेत

काठमाडौं । एमालेका सांसद महेश बस्नेतले इन्डक्सन चुल्हो निःशुल्क दिने सरकारको घोषणा हचुवाको भरमा आएको टिप्पणी गरेका छन् ।
बिहीबार संसदमा आर्थिक वर्ष २०७८÷८९ को विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै उनले इन्डक्सन चुल्हो बाँड्ने सरकारको योजना सफल नहुने दावी गरे ।
‘इन्डक्सन चुल्हो देखाउने कोरा सपनामात्र हो । एउटा चुल्हको १५ सयदेखि ३ हजारसम्म पर्छ । भारतसँग महंगोमा विजुली किनेर चुल्हो बाँड्न सकिदैन’, बस्नेतले भने, ‘यो योजना जनतालाई झुक्याउन ल्याएको हो ।’
सरकारले ल्याएको बजेट जनतालाई जनतालाई राहत दिन नभइ आहात दिने किसिमले आएको दाबी गरेका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया