निर्वाचनको दिन सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी पूर्पक्षका लागि थुनामा

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् ।
उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ ।
नयाँ बानेश्वरस्थिगत सडकमा विष्फोट गराएर फरार रहेका उनीहरुको खोजतलासका लागि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो । उनीहरुको पहिचान गर्न प्रहरीले अनुसन्धानका विविध विधि तथा प्रविधिहरुको प्रयोग गरेको थियो ।
यसरी थुनामा जानेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर घर भई भक्तपुर बस्ने युवराज थापा र खोटाङका भरतकुमार राई रहेका छन् ।
अभियुक्त राई यसअघि विभिन्न समयमा हातहतियार खरखजना, बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारवाही गरिएका व्यक्ति हुन् ।
अनुसन्धानमा उनी मिडियाको आवरणमा जनताको सुसूचित हुन पाउने अधिकारलाई समेत तोडमरोड गर्दै आतङ्क मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको खुल्न आएको छ ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया