घरघरमा बाँदर पाल्न पालिकाले छुट्यायो बजेट
काठमाडौं । एक घर एक धारा, एक घर एक शौचालयजस्ता नारा त सबैले सुनेकै छन् । तर दोलखाको उत्तरी गाउँपालिका कालिञ्चोकमा भने एक घर एक बाँदर नारा अघि सारेको छ । बाँदरको हुलले बाली खाइदिएर किसान हैरान छन् । गाउँपालिकाले प्रत्येक घर धुरीले एउटा–एउटा बाँदर पाल्नुपर्ने कार्यक्रम ल्याएको सुन्दा नौलो मान्ने थुप्रै छन् । जनप्रतिनिधिले भने बाली जोगाउनकै लागि यस्तो नीति लिइएको सुनाउँछन् ।
गाउँपालिकाले नौ वटै वडाबाट सहमति लिएर यस्तो योजना नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँपालिकाका बासिन्ता पनि बाली जागिन्छ भन्ने आसमा बाँदर पाल्न सहमत भएका छन् । बाँदर पाल्नका लागि पालिकाले गाउँसभाबाटै बजेटसमेत पारित गरेको छ । आर्थिक वर्ष ०७९÷८० मा बाँदर समाउन ५ लाख बजेट विनियोजन गरिएको छ ।
बाँदरले अन्य बाली नष्ट गरेकाले कालिञ्चोकवासी वर्षौंदेखि हैरान छन् । अनेक उपाय लगाउँदा पनि बाँदर नियन्त्रण हुन सकेको छैन । हरेकजसो वडामा स्थानीयले बाँदर नियन्त्रण गरिदिन आग्रह गर्दै निवेदन दिने गरेका थिए । निर्वाचित जनप्रतिनिधिले विभिन्न चरणको छलफलपछि बाँदर घरघरमा पाल्ने जुक्ति निकालेर निर्णयमा सहमति गरेका हुन् । बाँदरमा बुर्कुसी मार्ने बाँदर समातेर पाल्न सजिलो छैन । त्यही भएर पालिकाले बाँदर समात्ने सीप भएका मान्छे खोजेर ल्याउने र तिनले समातेर ल्याएको बाँदर स्थानीयलाई दिने नीति लिएको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया