मुख्यमन्त्री–मन्त्रीका बाआमाकै नाममा बजेट
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बाआमाका स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ । स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट आमनागरिकको भावनालाई कदर गर्दै प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।
आर्थिक वर्षको बजेटमा मुख्यमन्ख्त्री पोखरेलका बुवा गोवद्र्धन शर्माको स्मृतिमा तनहुँको व्यास नगरपालिका–१० मा स्थापित कोषलाई ५० लाख छुट्याइएको थियो । यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुवाआमाका नाममा खोलिएको पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख रूपैयाँ छुट्याइएको छ । मन्त्री श्रेष्ठले सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रूपैयाँ विनियोजन गरेका छन् ।
असार १ मा प्रस्तुत बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नसमेटिएपछि अर्थमन्त्री रामजीप्रसाद बराललाई शिक्षा मन्त्री श्रेष्ठले धम्क्याएका थिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कटाएकामा अर्थमन्त्री बरालसँग मुख्यमन्त्री, अन्य मन्त्री, सत्तारूढ तथा प्रतिपक्षी दलका सांसद रुष्ट थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया