यस्ता छन् स्थानीय तह निर्वाचनमा एमाले खुम्चिनुका प्रमुख चार कारण

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुको प्रमुख चार कारण औंल्याएको छ । अन्य पार्टीको तुलनामा एमाले सर्वाधिक लोकप्रीय र ठूलो भएपनि आन्तरिक व्यवस्थापनको कमजोरी र सत्ता गठबन्धनले राज्यसत्ताको दुरूपयोग गर्दा समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ ।
असार २६ मा एमालेले स्थानीय तह निर्वाचन परिणामको समीक्षासहित अन्तर पार्टी निर्देशन–४ जारी गरेको छ । निर्वाचनमा पार्टी दोस्रो हुनुमा उसले बुँदागत निष्कर्ष निकालेको हो ।
१. पार्टी एकीकरणको तयारी, एकीकरण लगत्तै केन्द्री समिति भंग भएकोले समिति बिहिन अवस्था, आन्तरिक किचलोको कारण समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ ।
२.उम्मेदवार छनोटमा पनि कमजोरी भएको स्वीकार गरेको छ । कतिपय ठाउँमा उम्मेदवार छनोट गर्दा लोकप्रीय भन्दा पनि निकटतम व्यक्तिलाई छनोट हुँदा त्यसको प्रतिकुल प्रभाव परेको उल्लेख छ ।
३. एमालेले योपटक कहिल्यै नदेखिएको असमझदारी, अन्तर्घात र असहयोग पार्टीभित्र देखिएको निष्कर्ष निकालेको छ ।
४. पार्टी पटक–पटक सरकारमा सहभागी भएर अनुभव बटुलेपनि मतदातालाई आकर्षित गर्ने प्रभावकारी कार्यक्रम दिन नसकेको, सत्ता गठबन्धनले फैलाएको भ्रम चिर्न नसकिएको, मतदाता शिक्षा, प्रचारप्रसारमा कमजोरी रहेको उल्लेख गरेको छ ।
यस्तो छ एमालेले जारी गरेको अपानी–४
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया