सिसिटिभी फुटेज रिकभर निम्ति प्रहरीको ल्याबमा पठाउने निर्णय

काठमाडौं । अनधिकृत व्यक्तिलाई बजेट सार्वजनिक गर्ने अघिल्लो दिन मध्यराति प्रवेश दिएर करका दर चलखेल गराइएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले सिसिटिभी फुटेज रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको छ ।
समितिले यसअघि गत असार १४ गते मध्याह्न १२ बजेदेखि १५ गते मध्याह्न १२ बजेसम्मको मन्त्रालयको सिसिटिभी फुटेज माग गरेको थियो । मन्त्रालयले उपलब्ध गराएको हार्डडिस्कमा उक्त दिनको फुटेज नभेटिएपछि समितिले फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको हो ।
समितिका एक सदस्यले यसअघि माग गरिएको समयको सिसिटिभी फुटेज मेटिएको भन्दै उपलब्ध नगराइएकाले रिकभर निम्ति प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय भएको जानकारी दिए ।
सिसिटिभी फुटेज मेटिएको सम्बन्धमा विभिन्न विज्ञहरूसँग गरिएको परामर्शमा फरेन्सिक ल्याबमा लैजान सुझाव दिइएको थियो ।
आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्नु अघिल्लो रात गत जेठ १४ गते मध्यराति अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश दिएर सचिवलाई समेत निरीह बनाउँदै करका दर चलाएको समाचार एक दैनिक पत्रिकाले प्रकाशित गरेको थियो । जसको चौतर्फी आलोचना भए पनि तत्कालीन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयले इन्कार गर्दै आएका छन् ।
यो प्रकरणमा तत्कालीन अर्थमन्त्री शर्माको विरोध भएपछि उनले राजीनामा दिइसकेका छन् भने यसबारे छानबिन गर्न गठित समितिले अध्ययन, अनुसन्धान गरिरहेको छ । १० दिनमा प्रतिवेदन बुझाउने गरी गत असार २२ गते समिति गठन भए पनि उसले अहिलेसम्म सिसिटिभी फुटेज, कागजातलगायत कुनै पनि प्रमाण फेला पार्न सकेको छैन । समितिले अर्थ मन्त्रालयका सचिवसँग बयान लिइसकेको छ । यो प्रकरणमा जोडिएका अन्य व्यक्तिसँग पनि बयान लिने समितिको तयारी छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया