पुटिनको ‘निजी सेना’लाई उत्तर कोरियाले हतियार दिएको अमेरिकाको आरोप
काठमाडौं (एजेन्सी) । अमेरिकाले उत्तर कोरियाले युक्रेनमा प्रयोगका लागि रुसको वाग्नर समूहलाई मिसाइल र रकेट आपूर्ति गरेको आरोप लगाएको छ ।
वाग्नर रूसी सरकारद्वारा समर्थित लडाकुहरूको समूह हो, जसले रूसी हितका लागि काम गर्दछ।
येवगेनी प्रिगोजिनले यस निजी सेनालाई कम्पनीको रूपमा रकम दिन्छ। प्रिगोजिन पुटिनको नजिक छन्। यसलाई पुटिनको निजी सेना पनि भनिन्छ।
ह्वाइट हाउसले हतियारको यो खेप पठाएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन भएको जनाएको छ ।
यद्यपि, उत्तर कोरिया र वाग्नरले यी रिपोर्टहरूलाई अस्वीकार गरेका छन्।
बेलायतले युक्रेनमा प्रयोग भइरहेको वाग्नरको सेना एक हजारबाट बढेर २० हजार पुगेको बताएको छ ।
यो समूह हालै सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय थियो। यो पटक पटक युद्ध अपराध र मानवअधिकार उल्लङ्घनको आरोप लगाइएको थियो।
‘वाग्नरले युक्रेनमा सैन्य अभियानलाई समर्थन गर्न हतियार खरिद गर्न संसारभरका विकल्पहरू खोजिरहेका छन्,’ ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भने।
जोन किर्बीले वाग्नरले युक्रेनमा महिनामा १०० मिलियन डलर खर्च गरिरहेको बताए । उनले यो समूहले अहिले रुसी सेनासँग शक्तिका हिसाबले प्रतिस्पर्धा गरिरहेको बताए ।
बेलायती विदेशमन्त्री जेम्स क्लिभरलीले अमेरिकाको भनाइसँग बेलायत सहमत भएको बताएका छन् ।
उनले भने, ‘उत्तर कोरियाबाट भ्लादिमिर पुटिनको सहयोगले रुसको निराशा र एक्लोपन देखाउँछ।’
तर, वाग्नरका मालिकले यी कुराहरूलाई अनुमान मात्रै भनेका छन्।
उत्तर कोरियाको विदेश मन्त्रालयले पनि यी रिपोर्टहरूलाई आधारहीन भनेको छ।
ताजा अपडेट
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने


प्रतिक्रिया