आउँदो वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउँछु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने बताएका छन् । आज ललितपुरको च्यासल रंगशालाको उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।
उनले खेलकुद क्षेत्रमा बजेटको व्यवस्था कम हुने गरेको उल्लेख गर्दै आउने बजेटमा पहिलेको भन्दा गुणात्मक रुपले बजेट राख्ने प्रतिबद्धता गरेका छन् ।
‘यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया