सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत एक खर्ब ५७ अर्ब बढी विनियोजन

काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले एक खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ ।
यसअघि सञ्चालन हुँदै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै अर्थमन्त्री डा। प्रकाशशरण महतले सो कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट सोमबार संसदमा प्रस्तुत गरेका उनले एक महिला, जेष्ठनागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक बजेट दिँदै आएको थियो ।
सरकारले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ ।
६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।
उनले कोखदेखि शोकसम्मका कार्यलाई सरकारले आवश्यक सुरक्षा भत्ताको सरकारले भत्ताको व्यवस्था गर्ने बताए ।
प्रतिक्रिया