NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

यी हुन् बजेटमार्फत दिइएका छुट तथा सहुलियत

काठमाडौं । आगामी आवदेखि सामाजिक सुरक्षा कोषमा आवद्ध भई वैदेशिक रोजगारमा गएर कम्तीमा लगातार १२ महिना काम गरी फर्केका व्यक्तिले जुनसुकै आकारको एक थान टेलिभिजनमा भन्सार छुट पाउने भएका छन् । १ जेठदेखि स्वदेश फर्किदा थप एउटा मोबाइल छुटमा ल्याउन पाउने व्यवस्था लागु भइसकेको छ ।

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न १ साउन २०८० पछि सम्झौता हुने आयोजनाका लागि आवश्यक सिमेन्ट, फलामे डन्डी, फलामे तथा प्लास्टिक पाइप, जस्तापाता, विद्युतीय केवलजस्ता स्वदेशमा पर्याप्त उपलब्ध हुने वस्तुको आयात गर्दा छुट नदिइने भएको छ । स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

लघु, घरेलु तथा साना उद्योगको संरक्षणका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि आयात गर्ने मिल/मेशिनरीमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ । वार्षिक ५० लाखभन्दा बढी आय भएका व्यक्तिलाई लाग्दै आएको आयकरको दर तीन प्रतिशतले बढाएर ३९ प्रतिशत पुर्‍याइउएको छ । १५ जेठ २०८० सम्म नेपालमा प्रयोगमा रहेका तर मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडिएमएस)मा दर्ता हुन नसकेका मोबाइल एक पटकका लागि असार मसान्तसम्ममा तोकिएबमोजिम एकमुष्ट महसुल बुझाई दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । सूचना प्रविधिमा विजनेश प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङजस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष