नेप्से परिसूचकमा उच्च अंकको गिरावट, शिभमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । बजेट सार्वजनिक पछिको पहिलो कारोबारको दिन सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा कायम भएको छ ।
आज २७५ कम्पनीको ४० हजार ६३४ स्टकको ७० लाख ७४ हजार २५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहम नै घटेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स ३.४२ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैंकिङ २.४२, विकास बैंक २.२८, वित्त २.७९, होटल तथा पर्यटन २.५१, जलविद्युत २.७३, लगानी २.६३, जीवन बीमा ३.५०, उत्पादन १.५६, म्युचल फण्ड १.४२, नीर्जीवन ३.१४, अन्य ३.२८, व्यापार ३.२८ र व्यापार २.९५ प्रतिशतले घटेको छ ।
आज आत्मनिर्भर लघुवित्त र विपिडब्ल्यु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै श्वेतगंगा हाइड्रोपावारका लगानीकर्ताले ९.२६ प्रतिशतले गुमाएका छन् ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २१ करोड २४ लाख ४ लाख ८१ हजार ९४३ रूपैयाँको कारोबार भएको छ । यस्तै, ग्लोबल आइएमइ बैक प्रमोटर सेयर १० करोड ११ लाख ६ हजार रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स ८ करोड ४ लाख ५३ हजार, चिलिमे हाइड्र्रोपावर कम्पनी ७ करोड ४ लाख ५३ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया