NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

संसदमा आजदेखि बजेटमाथि छलफल

काठमाडौं । प्रतिनिभ र राष्ट्रियसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल सुरू हुँदैछ । आजको मितिदेखि चारदिनसम्म यो छलफल जारी हुनेछ ।

छलफलमा उठेका विषयबारे अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिएपछि जेठ २५ गते बजेट पारित हुनेछ ।

बजेटमाथि हुने छलफलका लागि आज विहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजेबाट बस्नेछ ।

त्यस्तै, आज सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक प्रमाणीकरण भएको पत्र सुनाउनेछन् ।