विश्व रक्तदाता दिवस साताव्यापी हुने
काठमाडौं । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस २०८० का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।
ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान–रक्ततत्वसम्बन्धी विभिन्न कार्यक्रम गर्न संस्था–सहयोगदातालाई आह्वान गरेको छ ।
साताव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न स्वयंसेवी रक्तदाता तथा रगत र रक्ततत्वसम्बन्धी कार्य गर्ने सबै सङ्घसंस्थालाई आह्वान गरिएको ब्लोदानका केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभागका सदस्य रवि रिमालले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया