NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

‘प्रधानमन्त्रीले भैंसी चढेर आए’ भनेपछि संसदमा हंगामा 

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर सोमबार प्रतिनिधिसभा बैठक निकै तात्यो ।

आइतबार बसेको प्रतिनिसभा बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र विधेयक राष्ट्रघाति भएको भन्दै प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख देवराज घिमिरेले एक दिनका लागि बैठक स्थगित गरेका थिए ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले  दुई पक्षीय वार्तामा आफूले कुनै राष्ट्रघात नगरेको जिकिर गरे । ७ बुँदे दिल्ली सम्झौता उपलब्धीमुलक भएको भन्दै भ्रमणबाट खुशी हुुनुपर्नेमा दुःखी भएकोमा गुनासो पोखे । उनको जवाफपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रश्न गर्न सांसदहरूलाई एक/एक मिनेटको समय उपलब्ध गराए ।

सोही क्रममा रास्वपाका सांसद शिशिर खनालले प्रधानन्त्रीले ‘भैंसी चढेर आए’को भनेपछि माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाए । प्रमुख सचेतक हितराज पाण्डेले निममापत्ति जनाउँदै उक्त शब्द संसद रेकर्डबाट हटाउन माग गरे ।

‘सभामुख महोदय सम्मानीय प्रधानमन्त्रीलाई भैंसी चढेर आएको भनेर माननीयजीले असंसदीय अभिव्यक्ति दिएका छन् । उक्त शब्द तत्काल संसद रेकर्डबाट हटाइयो’, उनले भने ।

पाण्डेको नियमापत्तिपछि एमाले र रास्वपाका सांसदहरूले उठेर विरोध जनाए । विपक्षीको आवरोधकाबीच साभामुख घिमिरेले पाण्डेलाई आफ्नो भनाइ राख्न समय दिए । तर उनले बोल्नै नदिइ एमालेका सांसद रघुजी पन्त, सूर्य थापाले पाण्डेको नियमापत्ति संसद नियमावलीविपरित भएको जिकिर गरे ।

‘सम्मानीय सभामुख महोदय सत्तापक्षको माननीयजीको नियमापत्ति संसद नियमावलीविपरित छ’, उनले भने, ‘संसदमा सदस्यले बोलिरहेको अवस्थामा नियमापत्ति जनाउन पाइँदैन ।’ थापाले बोलेपछि घिमिरेले खनालको भैंसी चढेर आएको भन्ने अभिव्यक्ति संसद रेकर्डबाट हटाउन संसद सचिवालयलाई रुलिङ गरे ।

सभामुखको रूलिङपछि सत्तापक्षका सांसदहरूले टेबुल ठटाए । विपक्षी एमाले, रास्वपा र राप्रपाका सांसदहरूले असन्तुष्टी जनाए । सभामुखसँग समय माग्दै एमालेका सांसद पन्तले संसद सदस्यले बोलेको शब्द हटाउने भए प्रधानमन्त्री आफैले बोलेको भैंसी शब्द पनि हटाउन माग गरे । पन्तलाई साथ दिँदै रास्वपाका सांसद रवि लामिछानेले खनालले बोलेको शब्द हटाएकोमा आपत्ति जनाए ।

‘सभामुख महोदय माननीय सांसदले बोलेको भैंसी शब्द हटाउने भए प्रधानमन्त्रीले बोलेको शब्द हटाउन म माग गर्छु’, उनले भने, ‘संसद प्रतिपक्षको हो, सत्ता पक्षको होइन । यदि संसदमा सत्तापक्षको दादागिरी चल्ने हो भने हामी चुप लागेर बस्दैनौं ।’

‘प्रधानमन्त्रीले भैंसी चढेर आएको शब्दलाई लिएर सत्तापक्ष र विपक्ष सांसदहरूबीच विवाद भएपछि सभामुखलाई बैठक सञ्चालन गर्न केहीबेर हम्मेहम्मे परेको थियो । विपक्षी सांसदको अडानकाबीच सभामुखले भैंसी शब्द जोसुकैले बोलेको भएपनि संसद रेकर्डबाट हटाउन रुलिङ गरे ।

ताजा अपडेट

नेपालवाच विशेष