काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगर सभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि सो बराबरको बजेट विनियोजन गरेकी हुन् ।
विनियोजित बजेटमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार अर्थात ३३.७२ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार अर्थात ६६.२८ प्रतिशत छुट्याइएको छ ।
चालु आवको तुलनामा आगामी आवको बजेट करिब रु १४ करोडले बढी हो । कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया