बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड
बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । उपमहानगर नगरसभाको १३ औँ अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले आर्थिक वर्षको बजेट पेश गरेकी हुन् ।
कुल बजेटमध्ये चालुतर्फ १ अर्ब १५ करोड ७५ लाख २५ हजार अर्थात कुल बजेटको ४९.२७ प्रतिशत, वित्तिय व्यवस्थाअन्तर्गत नगर विकास कोषको साँवा ब्याज भुक्तानीतर्फ ५० लाख र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार अर्थात कुल बजेटको ५०.५२ प्रतिशत बजेट विनियोजन गरेको छ ।
महानगरले आगमी आर्थिक वर्षको लागि संघीय समानिकरण अनुदान ३० करोड १७ लाख, संघीय ससर्त अनुदान ७२ करोड ५७ लाख, संघीय समपुरक अनुदान २ करोड, संघीय विशेष अनुदान ३ करोड ७५ लाख, प्रदेश समीकरण अनुदान २ करोड ७ हजार, प्रदेश ससर्त अनुदान १ करोड २३ लाख २५ हजार, हजार, प्रदेश समपरुक अनुदान १ करोड, संघीय राजश्व बिँडफाँड १८ करोड ३ हजार, प्रदेश राजश्व बाडफाँड २ करोड १३ लाख ९६ हजार, प्रदेश रजिष्टेसन ३० करोड, आन्तरिक स्रोतबाट ६८ करोड १४ लाख, नगद मौजत परिवर्तनबाट १ करोड र विकास कोषबाट ऋण ३ करोड गरी कुल २ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया