बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड
बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । उपमहानगर नगरसभाको १३ औँ अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले आर्थिक वर्षको बजेट पेश गरेकी हुन् ।
कुल बजेटमध्ये चालुतर्फ १ अर्ब १५ करोड ७५ लाख २५ हजार अर्थात कुल बजेटको ४९.२७ प्रतिशत, वित्तिय व्यवस्थाअन्तर्गत नगर विकास कोषको साँवा ब्याज भुक्तानीतर्फ ५० लाख र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार अर्थात कुल बजेटको ५०.५२ प्रतिशत बजेट विनियोजन गरेको छ ।
महानगरले आगमी आर्थिक वर्षको लागि संघीय समानिकरण अनुदान ३० करोड १७ लाख, संघीय ससर्त अनुदान ७२ करोड ५७ लाख, संघीय समपुरक अनुदान २ करोड, संघीय विशेष अनुदान ३ करोड ७५ लाख, प्रदेश समीकरण अनुदान २ करोड ७ हजार, प्रदेश ससर्त अनुदान १ करोड २३ लाख २५ हजार, हजार, प्रदेश समपरुक अनुदान १ करोड, संघीय राजश्व बिँडफाँड १८ करोड ३ हजार, प्रदेश राजश्व बाडफाँड २ करोड १३ लाख ९६ हजार, प्रदेश रजिष्टेसन ३० करोड, आन्तरिक स्रोतबाट ६८ करोड १४ लाख, नगद मौजत परिवर्तनबाट १ करोड र विकास कोषबाट ऋण ३ करोड गरी कुल २ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया