बन्दोबस्तीका सामानसहित आज काठमाडौं ओर्लंदै अमेरिकाको सैन्य टोली

काठमाडौं । अमेरिकी सेनाको एउटा टोली आज नेपाल आउने भएको छ । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार नेपाल आउन लागेको हो ।
नेपाली सेनाले संयुक्त सैन्य अभ्यासको ४०औं संस्करणका लागि अमेरिकी सेनाको टोली नेपाल आउन लागेको जनाएको छ ।
भक्तपुरको नगरकोटमा तय सैन्य अभ्यास भदौ २४ गते सुरु भएर आगामी असोज १२ गते समापन हुनेछ ।
तालिममा अमेरिकाका जुनियर लेभलका बिल्लादार सैनिक सहभागी हुन आउँदैछन् । उनीहरू बन्दोबस्तीका सामानसहित आफ्नै विमानमा काठमाडौं ओर्लने जंगीअड्डाले जनाएको छ ।
नेपाली सेनाले अन्य देशका सेनासँग विगतदेखि नै संयुक्त अभ्यास गर्दै आइरहेको छ । हाल अमेरिकासँगै बेलायत, भारत, चीन, श्रीलंका, बंगलादेश, मंगोलियालगायतका देशसँग नेपाली सेनाले संयुक्त अभ्यास गर्दै आएको छ ।
प्रतिक्रिया